बालकृष्ण खाँण आज कारागारबाट छुट्ने, प्रहरीले त्यसपछि सम्पत्ति शुद्धिकरण विभागमा लैजाने

बालकृष्ण खाँण आज कारागारबाट छुट्ने, प्रहरीले त्यसपछि सम्पत्ति शुद्धिकरण विभागमा लैजाने

  • शुक्रबार, मंसिर २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँड आज कारागारबाट रिहा हुँदैछन् । आज धरौटी बुझाएर रिहा भए लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धिकरण विभागमा लैजाने तयारी गरेको छ । उनी ३० लाख धरौटी बुझाएपछि कारागार मुक्त हुनेछन् ।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

सम्पत्ति शुद्धीकरण विभागले पनि अदालतबाट धरौटीमा रिहा भएकाहरुलाई अदालतको भन्दा आधा कम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण विभागबाट आजै रिहा भए खाणलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लगिने छ। यदि शुक्रबार सम्पत्ति शुद्धीकरण विभागमा नटुंगिए खाण शुक्रबार पनि छुट्ने सम्भावना हुने छैन।

सम्पत्ति शुद्धीकरण विभागले उनलाई पुनः अख्तियारमा पठाउने छ। यसअघिका प्रतिवादीहरुलाई अख्तियारले तारेखमा रिहा गरेकाले खाँणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाण गत वैशाख २७ गते चाबहिलस्थित निवासबाट पक्राउ परेका थिए। ७ महिना पूरा जेल बसेपछि उनी रिहा हुन लागेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी