एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटामा हातपातको प्रयास

एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटामा हातपातको प्रयास

  • बिहिबार, मंसिर २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

२८ मंसिर, धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा महेश राईले हातपातको प्रयास गरेका छन् ।

मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका ओलीमाथि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा हातपातको प्रयास भएको हो । उनीमाथि लेगुवाकै राईले हातपातको प्रयास गरेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर हात हाल्ने प्रयास गरेका हुन् ।

राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन । तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।

यस्तै नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति निकालेर ओली भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको दाबी गरेका छन् ।

उनले तथ्य नबुझी अनर्गल प्रचार नगर्न पनि अनुरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ