दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

  • बिहिबार, मंसिर २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, २८ मङ्सिर : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर काठमाडौँ र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो । प्राधिकरणले ती कम्पनीहरुलाई ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम-दस्तुर तथा विवरणहरु बुझाउन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी