भारत बिरुद्ध नेपालको ब्याटिङ अर्डर धराशायी, २१ रनमा ६ विकेट पतन

भारत बिरुद्ध नेपालको ब्याटिङ अर्डर धराशायी, २१ रनमा ६ विकेट पतन

  • मङ्लबार, मंसिर २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मंसीर २६ काठमाण्डौँ । एसीसी यू–१९ क्रिकेटको समुह चरणको अन्तिम खेलमा भारत बिरुद्ध नेपालको ब्याटिङ अर्डर धराशायी बनेको छ । नेपालका एक पछि अर्को ब्याटस्म्यान आउट भएपछि नेपाल संकटमा परेको छ । नेपालले १० औँ ओभर सम्म केवल २१ रन जोड्दा ६ विकेट गुमाईसकेको छ ।

दुवईको आईसीसी एकेडेमी टु मा टस हारेर पहिला ब्याटिङ थालेको नेपालको पहिलो विकेटका रुपमा दिपक बोहरा आउट भए । ११ बल खेलेका उनले जम्मा १ रन जोडेर पेभिलियन फर्किए ।

त्यसपछि आएका उत्तम थापा मगर शुन्य रनमै, कप्तान देव खनाल २ रनमा, अर्जुन साउद ७ रनमा , दिपक डुम्रे शुन्य रनमै र गुल्सन झा ४ रनमा आउट भएपछि नेपाल संकटमा परेको छ ।

भारतका राज लिम्बानीले ४ र आरध्य शुक्लाले २ विकेट लिएका छन् ।

नेपाल यस अघि पाकिस्तान र अफगानिस्तानसँग पराजित भएर समुह चरणबाटै बाहिर जाने लगभग पक्का भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ