लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

  • मङ्लबार, मंसिर २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

झापा, मंसिर २६ गते । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागीका २४ बर्षीय भिम बहादुर राई र २१ बर्षीय बिकाश घलेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ब्राउन सुगर, नगद १४ हजार सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-३ स्थितमा मे. ९ प ५०९२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक मेचिनगर-१३ की ३८ बर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ