एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतसँग खेल्दैछ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ।
समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउने दाउमा छ ।
अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग ८ विकेटले पराजित भएको थियो।
नेपालको यू १९ टोलीले आगामी विश्वकपको तयारीका लागि अनुभव र अभ्यासका रुपमा पनि यो प्रतियोगीतालार्ई लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline