इनड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड्समा “नेटिभा अवार्ड” नेपाली फिल्म “नो विन्टर होलिडेज” लाई

इनड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड्समा “नेटिभा अवार्ड” नेपाली फिल्म “नो विन्टर होलिडेज” लाई

  • सोमवार, मंसिर २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

कम विकसित सिनेमा उद्योगहरूका उदीयमान फिल्म निर्माताहरूलाई प्रोस्थन दिन स्थापन गरिको अल्टरनेटिभा फिल्म प्रोजेक्टको विश्वव्यापी गैर– नाफामुलक फिल्म इनिसेटिभले आज कजाकस्ताको अल्माटी आयोजित उद्घाटन समारोहमा अल्टरनेटिभा फिल्म पुरस्कारका विजेताहरूको घोषणा गारिको छ । चलचित्रको कलात्मक गुण र तिनको सामाजिक प्रभावको मूल्याङ्कन गर्न डिजाइन गरिएको अल्टरनेटिभा फिल्म अवार्ड पहिचानको वैकल्पिक प्रणाली हो । पहिलो संस्करण मध्य एशियामा केन्द्रित भएको यस अवाडको पहिलो संस्करणले विभिन्न बजारहरू बीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखिएको छ । यो इनिसेटिभ पियर–टू–पीयर राइडशेयर मूल्य निर्धारण मोडेलको लागि परिचित विश्वव्यापी टेक्नोलोजी कम्पनी इनड्राइभद्वारा सेप्टेम्बर २०२३ मा सुरु गरिएको थियो ।

परम्परागत पुरस्कारहरू भन्दा फरक रहेर अल्टरनेटिभा फिल्म अवार्डले सांस्कृतिक, सामाजिक, र औद्योगिक प्रभावहरूको उदाहरण प्रस्तुत गर्ने प्रतिभा र टाइटलहरूलाई पुरस्कार प्रदान गर्दछ । पेरेनियल अवार्ड्मा समावेश स्पटलाइट अवार्डले सार्वजनिक राडारमा परेको विषय वा कथामा प्रकाश पार्ने फिल्मलाई सम्मान गर्दछ भने फ्यूचर भ्वाइस अवार्डले फिल्म उद्योग र सामाजिक परिवर्तनमा योगदान पुर्याउन सक्ने क्षमता भएको नवोदित फिल्म निर्मातालाई सम्मान गर्दछ । त्यस्तै गरी आर्को विशेष अवार्ड हो अल्टर अवार्ड जसले मानव अधिकार, बसाइसराइ, युद्ध अपराध, र वातावरण जस्ता महत्वपूर्ण सामाजिक विषयहरूलाई सम्बोधन गर्ने चलचित्रहरुलाई पुरस्कार प्रधान गर्दछ ।

त्यसै गरि नेटिभा अवार्ड चाहि राष्ट्रिय वा सांस्कृतिक पहिचानका विषयहरूलाई सम्बोधन गरेका चलचित्रलाई दिईन्छ भने शर्ट्स अवार्ड विशेष रूपमा मध्य एशियामा निर्मित छोटो फिल्मलाई दिइन्छ । भने शोर्ट्स अवार्डले फिल्म निर्माणमा लागि स्थानीय प्रतिभाहरूलाई हौशला प्रधान गर्ने उद्देश्यले शोर्ट्स अवार्डलेको स्थापना गरिको हो ।
विजेताहरूको छनोट सामाजिक उत्तर दायित्व बहन गर्नि किसिमका फिल्म निर्देशकहरू र निर्माताहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय निर्णायकहरू एवम अवार्ड विन्निंग फिलिपिनो निर्देशक ब्रिलान्टे मेन्डोजा लगायात विश्वभरका सामाजिक कार्यकर्ता सामुदायिक नेताहरू र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको नेतृत्वमा गरिको थियो ।

मेन्डोजा सन् २००९ मा आफ्नो फिल्म “किनातेए“का लागि कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्ने पहिलो फिलिपिनो र फ्रान्सको शेभेलियर डान्स ल’ओर्डे डेस आर्ट्स एट लेटर्स (नाइट अफ द अर्डर अफ आर्ट्स एन्ड लेटर्स) प्राप्त गर्ने एकमात्र फिलिपिनो फिल्म निर्देशक समेत हुन् । कुल एक लाख अमेरिकी डलरको पुरस्कार रकमलाई पाँच फेस्टिवल विजेताहरू बीच कसैलाई तल माथि नराखी समान रूपमा बाँडिनेछ ।

पहिलो स्पटलाइट अवार्ड किर्गिजस्तानका फिल्म निर्देशक मिर्लान एड्ब्यकालकोभद्वारा निर्देशित ब्राइड किडन्यापिङ (२०२३) लाई प्रदान गरिएको थियो जसले जबरजस्ती विवाह गराइएको महिलाहरुको वास्तविक जीवनमा अपहरण भएको विषयलाई चित्रण गरिको थियो ।

त्यसतै गरी कजाकस्तानका अर्का निर्देशक अस्खात कुचिन्चिरेकोभलाई परिवारको अर्थ खोजीगर्ने कथामा आधारित उनको फिचर फिल्म बौरिना सालु (२०२३) लाई फ्यूचर भ्वाइस अवार्ड प्रदान गरिएको थियो ।

त्यसै गरि अल्टर अवार्ड कजाकस्तानकै अर्का निर्देशक कातेरिना सुभोरोभद्वारा निर्देशित वृत्तचित्र कोरियोक्पालाई प्रदान गरिएको थियो भने राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित नेपाली फिल्म नो विन्टर होलिडेज (२०२३) लाई नेटिभा अवार्ड प्रदान गरिएको थियो । जहिल्यै एक–अर्कासँग झगडा गर्दै बस्ने दुस्मनहरु कसरि हिउँले घेरिएको गाउँमा सँगै बस्न बाध्य छन् भनेर यस वृत्तचित्रमा देखाइएको छ । वृतचित्रको बारेमा प्रशंसा गर्दै जूरीले भनेका छन्, “यो वृत्तचित्रले तपाइलाई एक रोमान्चाक संसार तर्फ यात्रा गराउँछ । थोरै शब्दहरू, लामो शटहरू, र मौसम परिवर्तनका सुन्दर दृश्यहरुले यसलाई काल्पनिक भन्दा पनि अनौठो सत्य कथा जस्तै बनाएका छन् । नो विन्टर होलिडेज सांस्कृतिक रूपमा आलोचनात्मक र स्पष्ट रूपमा सुन्दर छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी