काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अफगानिस्तानको पहिलो विकेट लिएको छ । अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका हुन् ।
उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।
यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ भने पराजित हुने टोली समूह चरणबाटै घर फर्किने छ ।
पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई पनि सात विकेटले हराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline