जुत्ता तस्करमाथि सशस्त्र प्रहरीको डण्डा

जुत्ता तस्करमाथि सशस्त्र प्रहरीको डण्डा

  • बिहिबार, मंसिर २१, २०८०
  • डम्मर दत्त भट्ट

  • 3K
    SHARES

कञ्चनपुर, २० मंसिर ।
कञ्चनपुर जिल्लामा सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर नेपाल भित्र्राईरहेको अवैध जुत्ताहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलले बुधबार बिहान भारतबाट तस्करी गरेर नेपाल भित्र्राईरहेको अवस्थामा लाखौँ मुल्य पर्ने अवैध जुत्ता नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यको कमाण्डका खटिएको टोलीले भीमदत्त नगरपालिका ११ भुजेला क्षेत्रबाट ३सय ५८जोर जुत्ता बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका अनुसार बच्चा, किशोरकिशोरी, युवा, युवती बृद्धबृद्धका लागि चाहिने झण्डै ३ लाख, ५० हजार बराबरका जुत्ता बरामद गरिएको छ । जुत्ता तस्करले लाखौँका समान तस्करी गर्ने सपना सशस्त्र प्रहरीले कचनाचुर बनाईदिएको छ ।
भन्सार नतिरेरै गैर कानुनी बाटो भएर नेपालमा जुत्ता ल्याउने क्रममा सशस्त्र प्रहरीले बरामद गरेर भन्सार बुझाएको छ । लाखौँका जुत्ता भन्सार नकाटेरै नेपाल भित्र्राउने कुन व्यवसायी हो भन्ने विषय सशस्त्र प्रहरीले खुलाएको छैन । बरामद गरिएका जुत्ता भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ