असोकराज सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रीपरिषद्को निर्णय

असोकराज सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रीपरिषद्को निर्णय

  • बिहिबार, मंसिर २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं । सरकारले रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो।

यस अगाडि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उमेरको विवादमा परेका थिए । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। उनको कात्तिक २४ गतेबाट लागु हुने गरी अघिल्लो मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको छ ।

पाण्डेले राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बढुवाका लागि सिग्देललाई सिफारिस गरेका हुन्। सैनिक मुख्यालयमा शुक्रबार रथी सिताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवाका लागि सिफारिस गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ