विराटनगरमा आगलागीबाट थप अर्का घाईतेको मृत्यु, चार जनालाई सेनाको स्कार्ई ट्रक मार्फत काठमाण्डौँ ल्याईयो

विराटनगरमा आगलागीबाट थप अर्का घाईतेको मृत्यु, चार जनालाई सेनाको स्कार्ई ट्रक मार्फत काठमाण्डौँ ल्याईयो

  • बुधबार, मंसिर २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

मोरङको विराटनगरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ। गंभीर घाईते चार जनालाई सेनाको स्कार्ई ट्रक मार्फत काठमाण्डौँ ल्याईएको छ ।
विराटनगर महानगरपालिका- ७ सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार दिउँसो आगो लागेको थियो । गेटबाट आगो लाग्दा भित्र काम गरीरहेका मजदुरहरु भाग्न नपाउदा उनीहरुको मृत्यु भएको र अन्य घाईते भएका हुन् ।

आगलागीमा परेर गोदामका सञ्चालक स्थानीय ४० वर्षीय दिपक मण्डल र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरु दुबैको शव न्युरो अस्पताल विराटनगरमा राखिएको छ। आगलागीमा परेर महिलाको घटनास्थलमै र मण्डलको उपचारको क्रममा क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

आगलागीमा परेर विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। घाइतेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर रहेको डीएसपी दाहालले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ