नेपाली अण्डर १९- क्रिकेटको लक्ष्यः भारत पाकिस्तानलाई हराउने, सेमिफाइनल पुग्ने

नेपाली अण्डर १९- क्रिकेटको लक्ष्यः भारत पाकिस्तानलाई हराउने, सेमिफाइनल पुग्ने

  • मङ्लबार, मंसिर १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ । नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि सुरु हुने एसिसि यु–१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका छन् । आगामी शुक्रवारदेखि सुरु हुने एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए । उनले सिनियर टोलीले पनि राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताए ।

यु–१९ एसिया कपमा मंसिर २२ देखि पुस एक गतेसम्म संयुक्त अरब इमिरेट्स९युएई० मा सुरु हुँदैछ । यो एसिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएई छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो । यु–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतीपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ एसिया कपको यात्रा थाल्दै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखे । उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताए ।

यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ । यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी