वडा अध्यक्षको परिवारैलाई घरभित्र थुनेर मध्यरातमा आगो लगाईयो

वडा अध्यक्षको परिवारैलाई घरभित्र थुनेर मध्यरातमा आगो लगाईयो

  • सोमवार, मंसिर १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

विराटनगर । बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो ।

डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए ।
‘बरन्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो लगाइ दिएछन्,’ वडाध्यक्ष गुरागाईँले भने, ‘धुवाँको मुस्लो आउन थालेपछि निस्कन खोज्दा बाहिरबाट ताला लागेको रहेछ । छिमेकीलाई बोलाएर झ्यालमा भर्‍याङ लगाएर ज्यान चाहिँ जोगायौँ ।’

तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुईवटा ग्यास सिलिन्डर भेला गरी कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको उनले बताए । ‘किचनमा सिरक डस्ना र दुइटा सिलिन्डर एकै ठाउँमा भेला गरेर आगो लगाइएको रहेछ । माथिल्लो तलामा चढ्ने लिस्नो ९भर्‍याङ० घर बाहिर थियो । लिस्नो घोप्टे बनाएका थियौं । हामी दिउँसो मुनिबाट घोप्टेमा ताला लगाउँथ्यौँ । हामीले नै प्रयोग गर्ने ताला लगाएर आगो लगाइएको रहेछ । तीन वटै कोठामा आगो लगाइएको रहेछ । तर धन्न हामी चाहिँ बाच्यौं’ वडा अध्यक्ष गुरागाईँले भने । घरमा गुरागाईँ दम्पति बस्ने गरेका थिए ।

प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुनसक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । उनको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ