धरानमा दुईदिने धरान म्युजिक फेस्ट सम्पन्न

धरानमा दुईदिने धरान म्युजिक फेस्ट सम्पन्न

  • सोमवार, मंसिर १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धरान। लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको ूगीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ले बढाएको थियो।

सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको धरान म्युजिक फेस्ट २०८० को पहिलेओ दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज हौ तिमी बोलको गीतबाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानले धोकेबाज संगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख,के माया लाग्छ लगायतका आफ्ना चर्चित गीतहरु गाएर पहिलो पल्ट धराने दर्शकहरुलाई भरपुर मनोरंजन दिएकीथिईन भने “पहेंलो बत्ति मुनि”को ब्याण्डले गौंथली, लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिलाएका थिए। स्थानीय धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिएका थिए।

त्यस्तै म्युजिक फेस्टको अन्तिम दिन मंसीर १६ शनिबार लोकप्रिय गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवारको प्रस्तुति निक्कै नै आकर्षक रह्यो। धरानमा आफ्नो पहिलो शो गरेकी उनको धरानको पहिलो आउटडोर कार्यक्रम रहेको थियो। उनले सुनसान रातमा , इट्स स्लोली ,गाला रातै , जनम जनम जिउला संगै ,फुलबुट्टे सारी लगायतका गीतहरु गाएर भरपुर मनोरंजन दिएकी थिईन। उनका सबै गीतहरु उनीसंगै दर्शकहरुले गाईदिंदा उनि निकै नै खुशी देखिएकी थिईन। त्यस्तै अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूण राईको बिशेष प्रस्तुतिबाट धराने युवा दर्शकहरुको मन जितेका थिए । धरानको आउटडोर कन्सर्टमा पहिलोपल्ट आफ्नो प्रस्तुति दिएका धरान -१७ रेल्वेका पूर्ण राईले मनका कुरा ,धुर्वतारा , नभेटेको भए लगायतका आफ्ना चलेका तथा नयाँ गीतहरु प्रत्सुत गरेका थिए। ।टिन एज पुस्तामा आफ्नो राम्रो क्रेज बनाएका गायक पूर्णको गीत एक महिना देखि युट्युबमा ट्रेनडिंगमा रहिरहन सफल भएको छ। सोहि दिन स्थानीय लासोज ब्याण्ड र द भ्वाईसमा ब्याटल राउण्ड पार गरेका धरानका रिजन लोहनीले समेत आफ्नो दरिलो प्रस्तुति दिएका थिए।

धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिनुहुने सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठ संगै कालो कालो रात र गुराँसको फेद मुनिको संगीतकार तथा पुराना गायक नवराम राईलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप-महानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा , गीतकार मिना सिंगक र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले कदर (पत्र , खादा तथा दश हजार रुपैयाको छेक सहित सम्मान गरेका थिए। सुरेश राई तथा नबिना मग्रातीले कार्यक्रम संचालन गरेका थिए। धरानको सांगीतिक माहोललाई तताउँदै दर्शकहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न धरान म्युजिक फेस्ट धरानका उदाउँदो प्रतिभाहरुलाई ठुलो प्लेटफार्म दिन र पूर्ण मनोरन्जनका फेरि फेरि पनि अझ परिस्कृत रुपमा आयोजना गरिरहने आयोजक सिल्भर ईन्टरटेन्टमेन्टका प्रबन्ध निर्दैशक सौरभ श्रेष्ठले जानकारी दिएका छन ।

सिल्भर ईन्टरटेन्टमेन्टको आयोजना तथा व्यस्थापन मा तथा गीता एभिएशनको प्रस्तुति रहेको धरान म्युजिक फेस्ट २०८० लाई सम्पन्न गर्न टुबोर्ग , रुस्लान , डिभाइन वाइन्स , सौर्य एयरलाइन्स , इडेन एकेडेमी , युएन कलेज , रेडब्लु इनर्जी ड्रिंक , केन्द्र मोशन पिक्चर्स र एसपी इभेन्ट्सको बिशेष सहायोग रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी