नेपाल सुपर लिग : धनगढीको लगातार दोस्रो जित

नेपाल सुपर लिग : धनगढीको लगातार दोस्रो जित

  • बिहिबार, मंसिर १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, मङ्सिर १४ गते । साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन विदेशी खेलाडी ओलावले अफिजले गोल गरे । बराबरीतर्फ उन्मुख खेलमा अफिजले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।

लिगका दोस्रो जितसँगै धनगढी ६ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको थियो ।लगातार दोस्रो हार खेपेको बुटबल अङ्कबिहिन छ ।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । जसमा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेड रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ