गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक

  • बिहिबार, मंसिर १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लो स्वरमा रहेका ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जिवन बोमजन रहेको छ भने गीतमा बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय कलाकार रोशन गुरुङ्ग र नेपाली म्युजिक क्षेत्रमा सर्वाधिक रुचाइएकी मोडल रिया लामा को अभिनय रहेको छ ।साथमा भिमफेदी गाइजको नृत्य पनि गीतको भिडियोमा देख्न सकिन्छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोमा प्रजिता लामाले लगानी गरेकी हुन ।

अनिल लामाको यसअघि नेपाली चलचित्रमा समेत स्वर तथा संगीत भरेका छन । ’सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन । राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेला लगायतका बहु चर्चित गीतहरुको रचना गायक अनिल लामाले यस अगाडि दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी