चन्द्रागिरीमा ड्रिम वल्ड सञ्चालनमा

चन्द्रागिरीमा ड्रिम वल्ड सञ्चालनमा

  • आइतवार, मंसिर १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,चन्द्रागिरि नगरपालिका वडा नंं-७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ ।निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो। ।६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ।

यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भै उकुस-मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको,घुमफिर गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताउनुभयो। उहाँले पत्रकारहरूको जिज्ञाशालाई सम्बोधन गर्दै भनुभयो :”ड्रीमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो ।यो एउटा सपनाको संसार नै हो। यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त बस्तु,चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू प्राप्त गर्न गर्न सकिन्छ।सबै उमेरका ब्यक्तिहरू यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै यहाँ भएको रेस्टुरेन्टमा विभिन्न परिकारहरू खाँदै रमाउन सक्छन्।

नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवन भित्र धेरै सुबिधा प्राप्त गर्न सकिने गन्तव्यका रुपमा यसलाई विकास गरिएको जानकारी गराउंदै उहाँले काठमाण्डौ उपत्यकाको भिडभाडबाट केही पर गएर शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चंद्रागीरिमा अवस्थित यो क्षेत्र आफैंमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने विश्वाश लिएको बताउनुभयो।
ड्रिम वर्ल्ड भित्रका आकृति तथा संरचनालाई क्रमश: थ्रीडी आयामको भ्रम (3D ILLUSION),दिव्य कोठा (DIVINE ROOM), भ्रमको हल (HALL OF ILLUSION),बलहरूको क्षेत्र (BUBBLE ZONE),बालबालिका क्षेत्र (KIDS ZONE),प्रेमको यात्रा (JOURNEY OF LOVE ),इन्टरगालेक्टिक स्पेस (INTERGALACTIC SPACE) गरेर सात सेग्मेण्टमा बाँडिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी