नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्स विजयी

नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्स विजयी

  • शुक्रबार, मंसिर ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, ८ मङ्सिर : नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बेलुकी सम्पन्न खेलमा काठमाडौँ रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौँका लागि निर्णायक गोल सावित भयो । राजीवले खेलको ५१औँ मिनेटमा गोल गरे ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीवीच प्रतिस्पर्धा हुनेछ । आगामी पुस १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । जसमा काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।

त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी छन् । सबै टोलीले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ