नेपाल सुपर लिग फुटबल आजबाट शुरु हुँदै

नेपाल सुपर लिग फुटबल आजबाट शुरु हुँदै

  • शुक्रबार, मंसिर ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । नेपाल सुपर लिग फुटबल (एन.एस.एल)को दोस्रो संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

दशरथ रंगशालामा आज साँझ हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टीङ इलाम डे मेचीको सामना गर्नेछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा नौ वटा फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

प्रतियोगिताको पहिलो संस्करण कोभिड महामारीको बेलामा बन्द रंगशालामा गरिएको थियो ।

यसपटकको प्रतियोगितामा पहिलो संस्करणका ७ मध्ये ६ टोली साविक विजेता काठमाडौं रेजर्ससँगै साविक उपविजेता धनगढी एफ।सी, ललितपुर सिटी, पोखरा थन्डर्स, एफ।सी चितवन र बुटवल लुम्बिनी एफ।सी सहभागी छन् ।

तीन वटा नयाँ टोली झापा एफ।सी, स्पोर्टीङ इलाम डे मेची र वीरगंज युनाइटेड पहिलो पटक प्रतियोगितामा सहभागि हुँदा अघिल्लो सिजन खेलेको बिराटनगर एफ।सी भने बाहिरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ