लागु औषधका प्रयोगकर्ता नै बृद्ध महिलाका हत्यारा

लागु औषधका प्रयोगकर्ता नै बृद्ध महिलाका हत्यारा

  • बिहिबार, मंसिर ७, २०८०
  • डम्मर दत्त भट्ट

  • 7.9K
    SHARES

कञ्चनपुर, ७ मंसिर । कञ्चनपुरमा लागु औषधका प्रयोगकर्ता नै बृद्ध महिलाको हत्यारा भएको खुलासा भएको छ । १९ कार्तिकमा शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुर बस्ने ६५ बर्षिया नारुदेवी जोशीको हत्या भएको थियो ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जारुदेवीको हत्यामा संलग्न साईकल चोर रहेको खुलासा भएको छ । १४ कार्तिकमा झलारीका महेश भट्टको साईकल चोर्ने शुक्लाफाँटा नगरपालिका ७ कै महेश डगौराले नै नारुदेवीको हत्या गरेको खुलासा भएको हो । नारुदेवीको हत्या गरेकै दिन डगौराले एक भारतीय नागरिकबाट समेत २ सय ५० रुपैया लुटपाट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साईकल चोर, भारतीय नागरिकलाई लुटबाट गर्ने महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए ।

लागु औषधका प्रयोगकर्ता समेत रहेका महेश डगौराले नारुदेवी एक्लै घाँस काटन जंगल जाने क्रममा भेटाएर पिछा गर्दै गएको र आफुले घाँस काटिदिन्छु साच्चिकै गहना सक्कली नै हो भनेर सोधपुछ गरेर घाँटी च्यापेर हत्या गरेको एसपी थापाले बताए । बृद्ध महिलाको हत्या पछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेकोछ ।

‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाँउका लक्ष्मण चौधरीको डेरामा गएर सुनबिक्रिका लागि छलफल गरेको देखिन्छ, ‘एसपी थापाले भने, ‘कान, नाकका लगाका तीन थान गहना तीन पसलमा बेचेको देखियो ।’
महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो । सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसंग सोधपुछ गर्दा धनगढी स्थित ईन्द्र बराल९सुनार०ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्र बहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको हो । लक्ष्मण चौधरीले आफ्नो साथी निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए । तीनै पसलमा ४६ हजारको सुन बेचेका थिए । १।५० आनाको फुली,१।६९को मुन्द्रा र २।७००को अर्के मुन्द्रा लुटपाट भएको थियो ।

नारुदेवीको हत्यारा महेश डगौराले सहकर्मी लक्ष्मण चौधरी, निरज भट्टलाई सुन बिक्रिका लागि पठाएको र तीनै सुनचाँदी पसल धनीहरुलाई फन्दामा पारेका छन ।
नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुनबेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्र बहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफुहरुसंग श्रीमती बिरामी भएकाले ईर्मेरजेन्सीमा सुन बेच्न आग्रह गरेपछि सुनकिनिदिएको बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँच जना बिरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताए । महेश डँगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनीहरु बिरुद्धमा गैर कानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ । उक्त घटनाको प्रहरी निरीक्षक ईश्वर थापा अनुसन्धान अधिकृत रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी