धनकुटामा एकै परिवारका तीन जनाको शब फेला, हत्याको आशंका

धनकुटामा एकै परिवारका तीन जनाको शब फेला, हत्याको आशंका

  • बिहिबार, मंसिर ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

धनकुटा नगरपालिका–१ निगालेमा तीन जना मृत फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी घर भई हाल धनकुटा नगरपालिका –१ निगालेका वर्ष ३५ का टिकाराम गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा तामाङ र छोरा वर्ष १० वर्ष आयुष गुरुङको हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर काम गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनास्थल धनकुटा–हिले सडक खण्ड अन्तर्गत निगालेमा रहेको छ । घटनाको अनुसन्धान भइरहेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुण्डिएको अवस्था र उनका श्रीमती र छोरा हत्या गरिएको अवस्थामा छन् ।

मृतक गुरुङकी कान्छी छोरी वर्ष ६ की आसिकी गुरुङ भने छिमेकीको घरमा सुताउन लगिएकाले जिवित छन् ।

उनीहरुको हत्या भएको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ