नेपाल घरेलु मैदानमै यमनसँग स्तव्ध भएपछि विश्वकप छनौटको तेसो चरणमा जाने संभावना कमजोर

नेपाल घरेलु मैदानमै यमनसँग स्तव्ध भएपछि विश्वकप छनौटको तेसो चरणमा जाने संभावना कमजोर

  • मङ्लबार, मंसिर ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । घरेलु मैदानमा अंक जोड्ने रणनीतिका साथ यमन बिरुद्ध उत्रिएको नेपाल स्तव्ध बनेको छ । सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले यमनले एसियाली विश्वकप छनोट दोस्रो चरणमा मंगलबार नेपाललाई २–० पराजित गरेको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहार गर्दै ७३ औं मिनेटमा गोल गरे । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा थपे ।

यमनले पूरा खेल अवधिमा दुईभन्दा बढी स्पष्ट आक्रमण बुनेको थियो र जितका लागि हकदार रह्यो । यो नतिजापछि यमनले ३ अंक बटुलेको छ । नेपाल भने दुई खेलपछि दुवै खेलमा पराजित रहेर शून्य अंकमै रह्यो ।

पहिलो हाफमा कुनै पनि निर्णायक आक्रमण बुन्न नसकेको नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण गरेपनि सफल हुन सकेनन् । सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका हिसुब ६१ औं मिनेटमा गोल गर्न चुकेका हुन् । यमनी गोलरक्षक अब्दुल्ला अब्दुलले वान भर्नेस वानको स्थिति उत्कृष्ट बचाउ गरेका हुन् । यमनविरुद्ध नेपालको यो पाँचौं खेलमा चौथा हार हो । यमन नेपालविरुद्ध अपराजित रहेको छ र त्यसमध्ये एकै खेलमात्र गोलरहित बराबरीमा टुंगेको छ ।

नेपाल एसियाली छनोट दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको थियो ।

युएई र बहराईन यमन भन्दा पनि कडा पतिद्धन्दी रहेकाले नेपालको तेस्रो चरणको यात्राका लागि आजको खेलमा जीत आवस्यक थियो । यहीनेर चुकेपछि अर्को चरणको संभावना कमजोर बन्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ