विश्वकप छनौटको दोस्रो चरणको खेलमा नेपालले आज यमन बिरुद्ध खेल्दै

विश्वकप छनौटको दोस्रो चरणको खेलमा नेपालले आज यमन बिरुद्ध खेल्दै

  • मङ्लबार, मंसिर ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा आज यमनसँग खेल्दैछ । दशरथ रंगशालामा आज बेलुका ७ बजे खेल हुनेछ।

नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो। यमन पनि बहराइनसँग २(० ले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशको ढोका खोल्न नेपालले आज जीत हात पानै पर्ने हुन्छ ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २(२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ