राईस मिलबाट लाखौँ रकम सहित ८ जुवाडे पक्राउ

राईस मिलबाट लाखौँ रकम सहित ८ जुवाडे पक्राउ

  • आइतवार, मंसिर ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

कञ्चनपुर,मंसिर ३ । दिपावली सकिएपनि कञ्चनपुरको महेन्द्रनगरमा लाखौँका जुवातास भईरहेका छन । २९ कार्तिकमा यस बर्षको दिपावली विधिवत रुपमा सकिएको थियो । दिपावली सकिएको तेस्रो दिन भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरको एक राईस मिलबाट लाखौँ रकम सहित ८ जुवाडे पक्राउ परेका छन । यो घटना समेत दिपावली सकिएपनि जुवातास भईरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले भीनपा ६ ऐठपुर स्थित चन्द्रदेव राईसमिलमा जुवा खेलिरहेको अवस्थामा जुवाडे सहित २ लाख, ८ हजार ४२६ रुपैया बरामद गरिएको बताए । प्रवक्ता डाँगीका अनुसार चन्द्रदेव राईसमिलका संचालक पारस भट्ट सहितका जुहाडे पक्राउ परेका छन ।

कमल भट्ट भनिने दामोदर भट्ट, खेमराज लेखक, नरेन्द्र विष्ट, नरेन्द्र जोशी, दिपक गिरी, सुरत खत्री, तिकल बैज रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । यसरी तिहारपछि पनि लाखौँको जुवातास खेल्ने खेलाउने कार्य गर्नेमाथि कार्बाहीको माग अघि सारिएको छ ।

प्रहरीले यस अघि पनि बेलाबेला दोहो¥याएर पक्राउ परेको घटनाले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन । बषौँदेखि जुवातास खेलाउने मुख्य योजनाकार पहिचान गरेर दोषि उपर कार्बाही नगरेर महेन्द्रनगरमा बर्षभरी जुवातास खेल्ने खेलाउने काम भन्दै स्थानीयले कानुनी कार्बाहीको माग अघि सारेका छन ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ