समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन

समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन

  • आइतवार, मंसिर ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा दिपावली मेला अन्तर्गत मंसीर २ गते देखि ८ गतेसम्म हुने फुटबल प्रतियोगितामा दिइने पुरस्कार रकम प्रायोजन गर्ने भएका हुन् ।

पछिल्लो ४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा हुँदैछ ।

विगत लामो समय देखि समाजसेवामा रहेका थापाले यस अघि पनि पटक–पटक खेलकुद प्रतियोगिताहरुमा पुरस्कार प्रायोजन गर्दै आएका थिए ।

खेलकुद क्षेत्रमा लागेका युवाहरुमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए । नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य रहेका थापा अखिल नेपाल किसान महासंघका महासचिव पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ