विश्वकप किकेटको फाईनल खेलमा आज उपाधीका लागि भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । साढे १२ बजे अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
विगतको रेकर्डले उपाधी भीडन्त अष्ट्रेलियाको पक्षमा छ । उसले हाल सम्म ५ पकट उपाधी जितेको छ । भारतले दुई पटक मात्रै विश्वकप जितेको छ । भारत १२ वर्षपछि फाईनल पुगेपनि यो चरणमा उ हाल सम्म अपराजित रहेको छ । घरेलु पिच र दर्शक उसका लागि फाईदाको बिषय छ ।
यो उपाधी भीडन्त मैदानमा एक लाख ३० हजार दर्शृकको उपस्थितिमा हुनेछ । भारतका कप्तान रोहित शर्माले टिमले अन्य खेल जस्तै फाईृनल पनि खेल्ने बताए ।
अष्ट्रेलियाका कप्तान पैट कमिंंसले एक लाख तीस हजार दर्शकलाई चुप बनाउदा सन्तुष्टि मिल्ने प्रतिकृया दिए ।
भारत न्युजील्याण्डलाई हराएर सेमिफाईनल पुगेको हो भने अष्ट्रेलिया दक्षिण अफीकालाई हराएर उपाधी भीडन्तका लागि छनौट भएको हो ।