उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

  • शुक्रबार, मंसिर १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १ मङ्सिर : त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंका अध्यक्षतामा आज बसेको बैठकले माधवप्रसाद घिमिरेकृत ‘मालती मङ्गले’ नाटकमा मङ्गलेको भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा अभिनय गर्ने हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा समर्पित रहँदै नेपाली कविताको सम्वद्र्धनमा योगदान गर्नाका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउने विराटनगर निवासी जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही रु एक लाख रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी