विश्वकप क्रिकेटको फाईनल समीकरण पूरा : अष्ट्रेलिया पुग्यो फाईनलमा

विश्वकप क्रिकेटको फाईनल समीकरण पूरा : अष्ट्रेलिया पुग्यो फाईनलमा

  • शुक्रबार, मंसिर १, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपको फाईनल समीकरण पूरा भएको छ ।भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजील्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो।

फाइनल नोभेम्बर १९ तारिखमा अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।

अस्ट्रेलियाले ५ पटक प्रतियोगिताको उपाधि चुमेको छ। त्यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन।

बिहीबार सम्पन्न खेलमा सन् २०१५ को विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए। त्यस्तै स्टिम स्मिथ ३० रन, डेभिड मिलर २९, मर्नुस् ल्याबुसेनले १८ रन, जोश इन्गलिस २८ रन बनाउँदा मिचेल मार्श शून्य र म्याक्सवेल एक रनमा पेभेलियन फर्किएका थिए। त्यस्तै मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे।

यसअघि डेभिड मिलरको शतकप्रेरितदक्षिण अफ्रिकाले २१२ रन जोडेको थियो। टिम २ बल बाँकी छँदै अलआउट हुनुअघि मिलरले १ सय १६ बलमा १ सय १ रन बनाए। उनले ८ चौका र ५ छक्का प्रहार गरे। यस्तै हेनरिक क्लासेनले ४ चौका र ६ छक्काको मद्दतमा ४७ रन बनाए। खराब सुरुवातपछि अफ्रिकी टोलीलाई मिलर र क्लासेनले सम्हालेका थिए।

कलकत्तास्थित इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र कप्तान पाट कमिन्सले समान ३-३ विकेट र जोस हेजलउड र ट्राभिस हेडले २-२ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ