न्यूजील्याण्डलार्र्ई हराउदै भारत विश्वकपमा, विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

न्यूजील्याण्डलार्र्ई हराउदै भारत विश्वकपमा, विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

  • बिहिबार, कार्तिक ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एकदिवसीय क्रिकेटमा विराट कोहलीको ५० औं शतक र मोहम्मद सामीको सात विकेटको प्रदर्शनसँगै भारतले न्युजिल्यान्डलाई बुधबार ७० रनले पराजित गर्दै विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

जितका लागि ३ सय ९८ रनको लक्ष्य पाएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन मात्र बनाउन सक्यो ।

भारत सन् २०११ यता पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । अब उपाधिका भिडन्तमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । मोहम्मद सामीले ९.५ ओभरमा ५७ रन खर्चेर सात विकेट लिए ।

न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले १ सय ३४ रन बनाए । उनले नौ चौका र सात छक्का प्रहार गरे ।

विलियम्सन सामीको बलमा ६९ रन बनाएर आउट भए । विलियसनले मिचेलसँग मिलेर दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे । यस साझेदारी अगाडि न्युजिल्यान्ड दुई विकेट गुमाएर ३९ रनको स्थितिमा थियो । विलियमसनले आठ चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले ४१ रनको योगदान दिए ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले चार विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । बिराट कोहलीले १ सय १७ रन बनाए । यस क्रममा उनले वानडे त्रिकेटको आफ्नो ५०औं शतक पूरा गरे ।

उनी वान डे क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । उनले यसक्रममा सचिन तेन्दुलकरको नाममा रहेको ४९ वान डे शतकको कीर्तिमानलाई उछिने । कोहली पछि श्रेयस अय्यरले ७० बलमा शानदार १ सय ५ रन बनाए । उनले चार चौका र आठ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले पनि २९ बलमा ४७ रन बनाए ।

रिटायर्ड हर्ट भएर फेरि खेल्न आएका ओपनर शुभमन गिलले ६६ बलमा ८० रन बनाए । न्युजिल्यान्डका बलरमध्ये टिम साउथीले तीन विकेट लिए ।

अघिल्लो विश्वकपको सेमिफाईृनलमा भारत न्युजील्याण्डसँग पराजित भएको थियो । यस पटक समुह चरणमा पनि अपराजित रहेको भारतले उ सँग बदला लिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ