विश्वकप छनौटको दोस्रो चरणको पहिलो खेलमा युएई बिरुद्ध उत्कृष्ट प्रदर्शृन गर्ने नेपालका प्रशिक्षक र कप्तानको दाबी

विश्वकप छनौटको दोस्रो चरणको पहिलो खेलमा युएई बिरुद्ध उत्कृष्ट प्रदर्शृन गर्ने नेपालका प्रशिक्षक र कप्तानको दाबी

  • बुधबार, कार्तिक २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत भोलि ९३० कार्तिक० मा नेपाल र यूएईबीचको खेल हुँदैछ। दुबईमा हुने यो खेलका लागि नेपाली टोलीले राम्रो तयारी गरेको र युवा खेलाडीहरुको बाहुल्यता रहेकाले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने नेपालका प्रशिक्षकले दाबी गरेका छन् ।

खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरूले राम्रो तयारी गरेको दाबी गरेका छन्।

यूएई राम्रो टोली भएपनि अहिलेको नेपाली टोलीमा युवाको बाहुल्यता भएको भन्दै नडराएको बताएका छन्। ‘हाम्रो टोलीमा युवा खेलाडीहरूको बाहुल्यता छ। त्यसैले यो टोलीमा जोश छ। प्रशिक्षकको रुपमा आफू हुँदैगर्दा नेपाली टोलीले धेरै बलिया टिमसँग खेलेको अनुभव आफूसँग भएको भन्दै उनले यूएईपनि बलियो टोली भएको बाए।

‘यूएई पनि राम्रो टोली हो तर डराएका छैनौं,’ उनले भनेका छन्, ‘म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु।’ ‘भोली हामी आफ्नो खेलमा गम्भीर हुनेछौं, उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने।

त्यस्तै, नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बूले आफ्नो टिको रक्षाका लागि तत्पर रहेको बताएका छन्।

उनले भने, मैले आफ्नो करियरमा धेरै राम्रा खेलाडीहरूसँग खेल्ने मौका पाएको छु। पछिल्लो विश्वकप छनोटमा पनि अस्ट्रेलियन टिमसँग पनि खेलेको अनुभव छ,’ उनले भने, ‘जहाँ मैले धेरै राम्रा खेलाडीहरूसँग खेल्ने मौका पाएँ। म आफ्नो टिमको रक्षा गर्न तत्पर छु।’

विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा यूएई, बहराइन र यमन छन्। विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो।

नेपालले यूएईसँग भोली दुबईमा खेल्दैछ भने त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ