विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ ।
त्यस्तै सन् २०१९ मा विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने भारतको रणनीति छ । तर, विश्वकपसहित आईसीसीका प्रतियोगितामा भने रेकर्ड न्युजिल्यान्डको पक्षमा रहेको छ । यस पटक समुह चरणमा भारतले न्युजील्याण्डलाई पराजित गरेको थियो ।
हिलेसम्म आईसीसीका १० प्रतियोगितामा भारत न्युजिल्यान्ड आमनेसामने हुँदा ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ । जारी प्रतियोगीतामा भारत एक मात्र अपराजित टोली रहेको छ ।
विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार दिउँसो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ ।