पाकिस्तान विश्वकप क्रिकेट प्रतियोगीताबाट बाहिरियो

पाकिस्तान विश्वकप क्रिकेट प्रतियोगीताबाट बाहिरियो

  • आइतवार, कार्तिक २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा सेमिफाईनल पुग्न पाकिस्तान असफल भएको छ । शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो।

पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्यो। पाकिस्तानको हारसँगै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ ।

अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन्।

शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो।

इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन जोडे। बलिङमा पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २-२ विकेट हात पारे।

३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो। पाकिस्तानका लागि अघा सलमानले ५१ रन जोडे। बलिङमा इंग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ