भारतले नेपालको भूकम्प पीडितका लागि फेरी पठायो राहत सामाग्री

भारतले नेपालको भूकम्प पीडितका लागि फेरी पठायो राहत सामाग्री

  • शुक्रबार, कार्तिक २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि तेस्रो चरणको राहत सामग्री पठाएको छ। भारतीय वायुसेनाको सी–१३० विमानमार्फत बिहीबार तेस्रो चरणमा १२ टनभन्दा बढी राहत सामग्री पठाएको हो।

सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको भारतीय राजदूतावासले जनाएको छ।

‘नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्घ रहेको कुरा भारतले भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गर्दछ’, बिहीबार साँझ दूतावासले भनेको छ, ‘ नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ