ईटहरीकी थापाले जितिन मिसेस नेपाल वल्र्डको उपाधी

ईटहरीकी थापाले जितिन मिसेस नेपाल वल्र्डको उपाधी

  • शुक्रबार, कार्तिक २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

राजधानीमा सम्पन्न बिबाहित महिलाहरुबीचको नेपालकै सवैभन्दा ठूलो सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि चुमेकी छन्।

रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सह प्रायोजक रहेको प्रतियोगितामा लेखा परिक्षक रहेकी थापाले मूख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्। थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ भएवापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गर्नेछिन् भने एक स्कुटर पनि प्राप्त गर्नेछिन्। बुधबार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितमा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल चुनिएकी छन्। एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपउपाधि विजेतासमेत भएकी उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

चमक दमकका साथ भव्य मञ्च र प्रकाश व्यबस्थापन तथा सांगितीक वातावरण्मा सम्पन्न प्रतियोगितामा सीता सुबेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाईस अवार्ड विजेता भएकी छन्। उनले एमएस नेपाल इन्टरनेसनल भएवापत एक थान ओभन प्राप्त गर्नेछिन् भने सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। विजेताहरुलाई मिसेस वर्ल्ड २०२२ सरगम कौशलले ताज पहिराएकी थिइन्।

नेपालकै प्रथम नायिका भुवन चन्द थापालाई मानार्थ मिसेस नेपाल वर्ल्ड तथा मुस्कान खातुनलाई बिशेष सम्मान गरिएको प्रतियोगितामा आईना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट र्याम्पवाक, निशा बिष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आईकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस भएका थिए।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा भएको प्रतियोगितामा पुनम श्रेष्ठ रीलायाबल डाईग्नोस्टीक मस्ट डीसिप्लेन, रेखा सिंह रायमाझी नेपाल टुरिजम बोर्ड मिसेस टुरिजम एम्बेस्डर, मिना भट्टराई नेपाल टेलिकम मल्टि मिडिया च्वाइस अवार्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड, उत्सुकता नकर्मी ए र एस डेन्टल बेस्ट स्माइल, सलोनी श्रेष्ठ वाव वेस्ट हेयर, जेनी खड्का एन प्रोफेसनल ब्युटी विथ कम्प्याक्सन, मंगली सिलवाल फ्लाईटेक इन्टरनेसनल बेस्ट डान्स, कोमल लामा सेटाफिल मस्ट डिसिप्लेन्ड बेस्ट स्कीन, पबिन श्रेष्ठ ओखती मिसेस कन्जिनियालिटी, रेखा बिष्ट आसम वेस्ट पर्सनालिटी र देबी थापा गुरुङ मिसलिन बेस्ट फिजीक उपउपाधि विजेता भएका छन्।

प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी डा। आशा सिंह, मुटु रोग विशेषज्ञ डा। ओम मुर्ति अनिल, अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए।

गत वर्ष मिसेस नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस नेपाल इन्टरनेसनलमा अभिनेत्री उषा रजक विजयी भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी