पछिल्लो समय रकम लेनदेन र अश्लील गाली गरेपछि विवादमा मुछिएका युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ।
नेकपा एमालेका नेता महेश बस्नेतसहित विभविन्न विभिन्न व्यक्तिको चरित्र हत्या गरेको तथा रकम मोलमोलाईसमेतमा संलग्न भएको घटनामा मुछिएपछि उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो।
उनले ‘स्टार अनलाइन’ युट्युब च्यानल चलाउने गरेका थिए। उनले पछिल्लो समय एमाले नेता बस्नेत र एकजना महिलालाई जोडेर चरित्र हत्या गरेको आरोप लागेको थियो।
मनोज तिनै हुन जसले नेपाल प्रहरीका पूर्वआईजीपी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसिरहेको होटलमा प्रवेश गर्दा बरालले उनीमाथि दुरव्यवहार गरेकी थिईन् ।
एमाले नेता बस्नेतले आफ्नो समेत चरित्र हत्यामा मानव सक्रिय रहेको बताएका छन्।
बस्नेतले अर्काको फोटो भिडिओ इडिट गर्दै सामाजिक सञ्जालमा हालेर मनोजले चरित्र हत्या गर्ने काम गरेको आरोप लगाए।