महतारालाई ‘नइ कपिल विद्यापदक’

महतारालाई ‘नइ कपिल विद्यापदक’

  • बुधबार, कार्तिक २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार श्रीमती महताराले सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी हुम्ला जिल्लाबाट बाह्र कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २.९५ जीपीए ल्याएकी थिइन् ।

‘नइ कपिल विद्यापदक’ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।
छात्राहरूलाई मात्र प्रदान गरिने नइ विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनले लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी