भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख

भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख

  • बुधबार, कार्तिक २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपियाँ राशिको चेक हस्तान्तरण गर्नुभयो ।

स्मरणरहोस्— जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपियाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना भएको थियो ।

स्थापनाकालदेखि निरन्तर एक दशकसम्म भूपाल प्रज्ञापरिषद्ले पाँच लाख रूपियाँ राशिको सार्क स्तरीय भूपालप्रज्ञा पुरस्कार लगायत साहित्य, कला, धर्मसंस्कृति, समाजसेवा, शिक्षा, खेलकुद आदि क्षेत्रमा वर्षेनी एक दर्जन पुरस्कार समर्पण गर्दै आएको थियो । त्यसपछि यो संस्था मानवीय सेवाका लागि सदैव समर्पित हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी