मुम्बई — अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटग्रस्त अवस्थाकै बीचमा टिमका लागि दोहोरो सतक हाने । उनले म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको संकटपूर्ण स्थितिमा थियो । त्यही स्थितिबाट म्याक्सवेलले विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेले ।
उनले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए ।
म्याक्सवेलको यो ईनिङ विश्व ईतिहासमा दर्ज भएको छ । कुनै पनि विश्वकपमा कुनै पनि खेलाडीले अहिले सम्म दोहोरो शतक त्यो पनि अविजीत रहेर बनाउन सकेका थिएनन् ।
यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।
त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए ।
विश्वकपमा आज ईग्ल्याण्ड र नेदरल्याण्ड भीड्दैछन् ।