विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीता हुँदै

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीता हुँदै

  • मङ्लबार, कार्तिक २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

रिवन इन्टरटेनमेन्टको आयोजनामा हरेक वर्ष हुँदै आएको विवाहित महिलाहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२३ भोलि बुधबार राजधानीमा आयोजना हुने भएको छ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने मिसेस नेपाल वल्र्ड २०२३ मा विशेष अतिथिका रूपमा सहभागी हुन मिसेस वल्र्ड २०२२ सरगम कौशल शनिवार काठमाडौं आईपुगेकी छिन्। ‘विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा म पहिलोपटक नेपाल आएकी हुँ। मलाई नेपाल र भारतको सम्बन्ध सहोदर दिदीबहिनीजस्तो लाग्छ। यो सौन्दर्य प्रतियोगिताले पनि हामीलाई एक अर्कासँग जोडेको छ’ सरगमको भनाई छ। कौशलले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगी निकै मेहनती पाएको र उनीहरूले अगामी दिनमा मिसेस वल्र्डमा सफलता हासिल गर्ने विश्वाससमेत व्यक्त गरिन्।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, जेनी खड्का, सलोनी श्रेष्ठ र सरु आरएल राणा अन्तिम प्रतिस्पर्धामा सहभागी हुँदैछन्।

 

प्रतियोगिता सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ। प्रतियोगिताको विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने तथा मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी