विश्वकप छनौट भएको राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख पुरस्कार सहित सम्मान गर्ने क्यानको निर्णय

विश्वकप छनौट भएको राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख पुरस्कार सहित सम्मान गर्ने क्यानको निर्णय

  • सोमवार, कार्तिक २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टी-२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले हालै नेपालमा सम्पन्न प्रतियोगितामा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने नेपाली टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए।

त्यस्तै यु(१९ टोलीका सदस्यलाई जनही ५० हजारका दरले नगद पुरस्का दिइने भएको छ। मलेसियामा सम्पन्न एसीसी यु(१९ प्रमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको युवा टोलीलाई नगदसहित सम्मान गरिने सचिव खड्काको भनाइ छ।

त्यस्तै हङकङमा आयोजना हुने चार देश सम्मलित महिला टी-२० आई सिरिजमा राष्ट्रिय महिला क्रिकेट टोलीको सहभागिता हुने भएको छ। सचिव खड्काका अनुसार एसिया छनोटको फाइनमा संकलित कूल रकमको ५० प्रतिशत भुकम्प पीडितको उद्धारका लागि सहयोग गर्ने निर्णय समेत भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ