तारा फेरी फसेकी हुन् विवाह गर्ने सहमति कार्यन्वयन नगर्ने पूर्व एआईजी चन्द !

तारा फेरी फसेकी हुन् विवाह गर्ने सहमति कार्यन्वयन नगर्ने पूर्व एआईजी चन्द !

  • सोमवार, कार्तिक २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

नेपाली कागजमा ल्याप्चे लगाएर सामाजिक अभियन्ता भनिने तारा बरालसँग बिहे गर्ने सहमति गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले कुरा फेरेका छन् ।

शुक्रबार आवश्यक कागजात पुर्याएर छिट्टै बिबाह गर्ने सहमति गरेको २४ घण्टा नबित्दै चन्दले सामाजिक सञ्जालबाट त्यसको खण्डन गरेका हुन् । उनले उक्त कागजको कुनै वैधानिकता नभएको र आफूलाई झुक्याएर अर्कै व्यहोरा लेखिएको दाबी गरेका छन् ।

‘सञ्जय, तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन । अनि त्यो कुनै लिगल डकुमेन्ट पनि होइन’, चन्दले फेसबुकमा स्टाटस लेखेका छन्, ’मिडियाले तारालाई जे पायो लेखेकोबारे खण्डन हुने डकुमेन्ट बनाउने भनेको मात्र थियो । तीन जनाको सहमतिले घरमा बनाएको डकुमेण्ट भ्यालिड होइन ।’

त्यसअघि पनि उनले लगातार स्टाटस लेख्दै तारासँग बिबाह गर्ने कुनै योजना नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दैमा विवाह नहुने पनि चन्दको तर्क छ । चन्दको समेत बकाइदा हस्ताक्षर र ल्याप्चे रहेको कागजमा भने पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको उल्लेख छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ