ओमन बिरुद्ध नेपाल दबाबमा, लगातार तीन विकेट पतन

ओमन बिरुद्ध नेपाल दबाबमा, लगातार तीन विकेट पतन

  • आइतवार, कार्तिक १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १९ कात्तिक । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमन बिरुद्ध नेपाल दबाबमा परेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालको पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । शेख ६ बलमा एक छक्का प्रहार गरी ६ रन जोडेपछि आउट भएका हुन् ।

त्यसपछि ३१ रन बनाएर कुसल भूर्तेल पनि आउट भएपछि नेपाल दबाबमा आएको हो । उनले २२ बल खेल्दै २ छक्का र तीन चौकाको मद्धतमा ३१ रन जोडेका हुन् ।

यस अघि १० रन बनाएर सन्दीप जोरा आउट भएका छन् । जिसन मक्सुदको बलमा जोरा बोल्ड आउट भए ।

नेपालले यो खबर तयार पार्दा सम्म ६ ओभरमा ४७ रन जोडेर खेलिरहेको छ ।

नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ