काठमाडौँ, १९ कात्तिक । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमन बिरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ ।
र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालको पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको छ । शेख ६ बलमा एक छक्का प्रहार गरी ६ रन जोडेपछि आउट भएका हुन् ।
नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline