१९ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिए ।
आज नेपालका आक्रामक अलराउण्डर दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् । उनी अभ्यासका क्रममा घाईते भएकाले यो प्रतियोगीतामा खेलेका थिएनन् । तर सेमिफाईनलमा निर्णायक खेल भएकाले उनी मैदानमा उत्रिएका थिए ।
आजको खेलमा नेपाल समुह चरणमा ५ रनले हारेको बदला लिने योजनाका साथ मैदानमा उत्रदैछ । नेपाल र ओमन दुबै देश टी–२० विश्वकपका लागि छनौट भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline