डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च म२७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। उक्त गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो ।
दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिमला मल्ल सहित पाँच जना घाइते भएको प्रहरीले बताएको छ।उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline