कार्तिक १९ काठमाण्डौँ । नेपालले टी -२० विश्वकप छनौट चरणको फाईनल खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरमा बिहान सवा १० बजेपछि हुने खेलमा आज नेपाल समुह चरणमा हारको बदला लिन चाहन्छ । दुबै टोली विश्वकपका लागि छनौट भईसकेकाले आजको खेलमा उपाधीको होड मात्र हुनेछ ।
यस अघि समुह चरणमा ओमनले नेपाललाई ५ रनले स्तव्ध पारेको थियो । आज भने नेपाली टोली ओमन बिरुद्ध शसक्त रुपमा प्रस्तुत हुने तयारीमा छ ।
यस अघि सेमिफाईनलमा यूएईलाई ८ विकेटले हराएर नेपालले विश्वकपको ढोका खोलीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline