श्वास्थ्यकर्मी लिएर जाजरकोटको भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री

श्वास्थ्यकर्मी लिएर जाजरकोटको भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री

  • शनिबार, कार्तिक १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा पहिलो शक्तिशाली भूकम्प त्यसपछि लगत्तै १२ः०८ बजे, १२ः२९,१२ः ३५ गरी ४ पटकको क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्पका कारण रूकुम पश्चिम र जाजरकोटमा गरी अहिले सम्म १५० जना भन्दा बढीको मृत्यु भईसकेको छ । सँयौ घाईते छन् ।

उनीहरुको उद्धार, राहत र उपचारका लागि प्रधानमन्त्री प्रचण्ड बिहानै श्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट पुगेर घटनास्थलहरुको निरीक्षण एवं घाईतेहरुको अवस्थाबारे जानकारी लिईरहेका छन् ।

घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू खटिरहेका छन्।
सुर्खेत लगायत छिमेकी जिल्लाहरूवाट खोज उद्वारका लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि गएका छन् ।

भूकम्पले केही सडकहरू बन्द भएका छन्। बिहानै देखि घाईतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिम सहित सुर्खेतबाट कम्तीमा ३ सैनिक हेलिकप्टर परिचालित छन् ।

नेपाल वायुसेवा निगमले पनि रुकुममा उडान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी