नेपाललाई दोस्रो झड्का गुल्सन झा आउट

नेपाललाई दोस्रो झड्का गुल्सन झा आउट

  • शुक्रबार, कार्तिक १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

यूएई बिरुद्ध जितका लागि १३५ रनको लक्ष्य पछ्याईरहेको नेपाललाई दोस्रो झड्का लागेको छ । नेपालका तेसु्रो नम्बरमा ब्याटिङ गर्न आएका अलराउण्डर गुल्सन झा २२ रनमा आउट भएका छन् । बासिल अहमिदले उनलाई बोल्ड आउट गरे । झाले २४ बलमा तीन चौकाको मद्धतमा २२ रन बनाएका थिए ।

त्यस अघि ओपनर कुसल भूर्तेल ११ रनमा आउट भएका थिए । अहिले नेपालको क्रिज आशिफ शेख र रोहित पौडेलले सम्हालीरहेका छन् । यो खबर तयार पार्दा सम्म नेपालले १० ओभरमा २ विकेटको क्षतिमा २ विकेट गुमाएर ६९ रन बनाएको छ ।

कुशल मल्ल र सन्दीप लामिछानेको घातक बलिङमा आइसीसी टी(२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईले घरेलु टोली नेपालसामु १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलको नाममा एक–एक विकेट रह्यो।

कुशलले ३ ओभरमा मात्र ११ रन खर्चे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चे।

यूएईका लागि सर्वाधिक ६४ रन बनाएका वृत्या अरविन्द कुशल मल्लको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। वृत्याले ५१ बलमा ८ चौका र २ छक्का हाने। आयन अफ्जल खान १ रनमा क्याच आउट भए।

कप्तान रोहित पौडेलले १६ औं ओभरको पाँचौ बलमा अलि अमिर नसिरलाई ४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे।

तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै यूएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए।

सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए। त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए।

बसिल हमिद १ रन बनाउँदा सन्दीप लामिछानेको बलमा गुल्सन झा को हातबाट क्याच आउट हुन पुगे। सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिए।

आज जित हात पारेमा नेपाल २०२४ मा अमेरीका र वेष्ट ईन्डिजमा हुने विश्वकपमा छनौट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ