नेपाललाई दोस्रो सफलता सोमपाल कामीले लिए विकेट

नेपाललाई दोस्रो सफलता सोमपाल कामीले लिए विकेट

  • शुक्रबार, कार्तिक १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक १७ काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप छनौटको सेमिफाईनलमा नेपालले यूएई बिरुद्ध दोस्रो सफलता हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा आक्रामक रन बनाईरहेको यूएईका ओपनर मोहम्मद वासिमलाई क्याच आउट गराएका छन् । वासिमलाई २६ रन बनाँउदा सोमपालले करण केसीको हातबाट क्याच आउट गराएका हुन् । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए ।

त्यस अघि खालिद शाह सोमपालकै बलमा रनआउट भएका थिए । उनी ३ रनमा आउट भएका हुन् ।

हिजो ओमनसँग ५ रनको झिनो अन्तरले पराजित भएको नेपालले नयाँ रणनीति अनुसार यूएई बिरुद्ध उत्रदैछ । आज यूएईलाई हराउन सके नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनौट हुनेछ । यस अघि सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेलेको थियो ।

आज चोटका कारण यस अघिका खेल नखेलेका दिपेन्द्र सिंह ऐरी खेल्ने भएका छन् । यसले. उच्च फर्ममा रहेका अलराउण्डरको उपस्थितिले टिम बलियो बनेको छ । सन्दीप जोराको ठाँउमा सिंह आएका छन् । हिजो विष्फोटक ब्याटिङ गरेका विवेक यादवले आज पनि स्थान पाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ