कार्तिक १७ काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप छनौटको सेमिफाईनलमा नेपालले यूएई बिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रदैछ ।
हिजो ओमनसँग ५ रनको झिनो अन्तरले पराजित भएको नेपालले नयाँ रणनीति अनुसार यूएई बिरुद्ध उत्रदैछ । आज यूएईलाई हराउन सके नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनौट हुनेछ । यस अघि सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेलेको थियो ।
खेल मुलपानी क्रिकेट मैदानमा ११ बजेपछि शुरु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline